सरकारको नेतृत्व गर्न तालिबानका नेता मुल्लाह अब्दुल स्वदेश फिर्ता



अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहका उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन् ।

अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ । उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन् । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्वपूर्ण आधार क्षेत्र रहेको थियो । कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडियो फुटेजहरू बाहिरिएका छन् ।
को हुन् मुल्लाह अब्दुल गनी बरादर?
मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए । सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो ।

सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन । त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो । उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए । सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे । इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।

अमेरिकी प्रतिक्रिया
यसैबीच अमेरिकाले अफगानिस्तानमा नियन्त्रणपछि तालिबानको पहिलो आधिकारिक वक्तव्यमा उसले जनाएको मानवअघिकारको सम्मान गर्ने प्रतिबद्धतालाई आफूले नियाल्ने बताएको छ । मङ्गलवार तालिबानले पत्रकार सम्मेलन गर्दै मानव अधिकार, महिलाको अधिकार र स्वतन्त्र प्रेस प्रति प्रतिबद्धता जनाएको थियो ।

यद्यपि उसले इस्लामिक मान्यता अनुसार महिलाहरूले अधिकार पाउने बताएको थियो । प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका थिए । आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको उनले जानकारी दिएका थिए । संयुक्त राष्ट्रसङ्घले चाहिँ पहिले तालिबानका गतिविधिहरू हेर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अवस्थाबारे ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका अनुसार साझा रणनीति निर्माणका लागि सम्पन्न राष्ट्रहरूको सङ्गठन जी सेभेनका नेताहरूले आगामी साता छलफल गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय