हमास विद्रोहीद्वारा इजरायलमाथि दर्जनौँ रकेट प्रहार(फोटोफिचर)



इजरायलको हवाई हमलामा आफ्ना केही वरिष्ठ कमाण्डरहरू मारिएको र गाजामा बहुतले भवन ध्वस्त भएपछि हमास विद्रोहीहरूले इजरायलमाथि दर्जनौँ रकेट प्रहार गरेका छन् । दक्षिण इजरायलका कैयौँ ठाउँमा रकेट प्रहार भएको छ भने एक बालकको ज्यान गएको छ ।

सङ्घर्ष चर्किएपछि संयुक्त राष्ट्रसङ्घले पूर्ण युद्ध हुनसक्ने चेतावनी दिएको छ । सोमबारदेखि सङ्घर्ष निकै चर्किएपछि राष्ट्रसङ्घले त्यसले अब पूर्ण युद्धको अवस्था निम्त्याउन सक्ने चेतावनी दिएको थियो ।

सोमबारयता गाजामा १४ बालबालिकासहित ६५ जनाको ज्यान गइसकेको छ भने इजरायलमा सात जनाको ज्यान गएको छ । हप्तौँदेखि इजराउल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपश्चात् लडाइँ सुरु भएको हो । मुस्लिम तथा यहुदी दुवैको पवित्र स्थल अल अक्सा मस्जिदमा पछिल्लो तनाव चर्किएको थियो ।

इजरायलमा यहुदी तथा अरब समुदायको मिश्रित बसोबास भएका क्षेत्रहरूमा पनि थप हिंसा भड्किएका छन् । ती हिंसाका कारण बुधवार साँझ ३७४ जनालाई पक्राउ गरिएको र आफ्ना ३६ जना अधिकारी घाइते भएको इजरेली प्रहरीले जनाएको छ ।

विभिन्न नगरमा यहुदी तथा अरब इजरायलीहरू भिडको हमलामा परेका खबरहरू इजरेली सञ्चारमाध्यमले दिएका छन् । त्यसमा आक्रे शहरमा एक यहुदी व्यक्ति अरबहरूको हातबाट घाइते भएको तथा बात याम शहरमा एक अरब पुरुषलाई दक्षिणपन्थी यहुदीहरूको भिडले गाडीबाट निकालेर कुटपिट गरेका जस्ता घटना रहेका छन् ।

इजरायली राष्ट्रपति रूबेन रिभ्लिनले यहुदी तथा अरब इजरेलीहरूलाई अर्थहीन गृहयुद्धमा धकेलिने काम नगर्न अपील गरेका छन् । अन्य धार्मिक तथा राजनीतिक नेताहरूले गरिरहेको शान्तिको कामनामा उनले आफ्नो बोली थपेका हुन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधवार राति बोल्दै शहरहरूमा शान्ति बहाल गर्न सैन्य फौज खटाउने बताए।

उनले ती हमलाहरूलाई अराजकताको सङ्ज्ञा दिए । अरब भिडले यहुदीमाथि हमला गर्नु वा यहुदी भिडले अरबमाथि हमला गर्नु दुवै स्वीकार्य नभएको उनले बताएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसाले आफू निकै चिन्तित भएको बताएका छन्। सुरक्षा परिषद्ले घटनाबारे छलफल गरे पनि कुनै वक्तव्य दिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहुलाई फोन गरेर इजरायलको सुरक्षाप्रति आफ्नो समर्थन रहेको भन्दै दिगो शान्ति पुनर्बहाली हुनपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा