प्रधानमन्त्रीले विश्वासको मत पाएनन्, पक्षमा ९३ र विपक्षमा १२४ मत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट विश्वासको मत लिन असफल भएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएका हुन् ।

विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत परेको थियो भने प्रस्तावको विपक्षमा १२४ मत परेको थियो । त्यस्तै १५ सांसद तटस्थ बसेका थिए ।  आजको बैठकमा २३२ सांसद उपस्थित भएका थिए ।

विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री ओली काम चलाउ भएका छन् । विश्वासको मत लिन बोलाइएको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष तटस्थ बस्यो भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले भने प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै सरकारले असाधारण काम गरेको भन्दै मत दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा