माधव नेपाल पक्षमा लाग्ने वामदेवको घोषणा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ माधवकुमार नेपाल पक्षतिर उभिने घोषणा गरेका छन् । गौतमले आफ्नो सचिवालयमार्फत नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रस्ष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’ तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल नहुने गौतमको भनाइ छ । तर अध्यक्ष केपी शर्मा ओलीतिर भने नउभिने पनि गौतमले प्रष्ट पारेका छन् ।
‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाइ छ ।