‘चर्वित-चर्वणम्’



हरिप्रसाद रिमाल ।

१. संस्कृत भाषामा ‘चर्वित—चर्वणम्’ शब्द बेला बेला प्रयोगमा आउने गर्छ । ‘चर्वित—चर्वणम्’ यसको अर्थ पहिले खाएको कुरा फेरि चपाउनु भन्ने हुन्छ । चर्वितम्—एक पटक खाएको कुरा फेरि चपाउनु, चर्वणम्—खानु, वा चपाउनु वा चर्नु । यसरी दुई शब्द मिलेर बनेको एक शब्दको अर्थ हुन्छ —चरेको कुरा फेरि चर्नु वा खाएको कुरा फेरि चपाउनु । यस शब्दको अर्थ बुझ्न वस्तुभाउले उग्राएको हेर्नुपर्ने हुन्छ । वस्तुभाउहरू जङ्गलमा चर्न जान्छन्, त्यसरी चर्दा उनीहरू हतारमा जो पाएको घाँस—पात चरेर फर्किएपछि गोठमा आएर बसी आनन्दसङ्ग उग्राउने गर्छन् ।

२. यो शब्द ज्ञानको क्षेत्रमा भने लाक्षणिक रूपमा प्रयोग हुन्छ । कसैले आफूले प्राप्त गरेको ज्ञानलाई चिरकालपर्यन्त अभ्यास गर्दै गएर जीवन्त बनाइराख्नुपर्छ भन्ने अर्थमा ‘चर्वित—चर्वणम्’ शब्द प्रयोगमा आउँछ । कुनै कुरा पढ्यो तर बिर्सिहाल्यो भने त्यो ‘चर्वित—चर्वणम’् भएन । खोलो तरेपछि लौरो बिर्सनेले फेरि आवश्यकता पर्दा लौरो भेट्तैन ।

३. यहाँ श्रीमद्भगवद् गीताको एक दृष्टान्त प्रस्तुत छ । महाभारतको युद्धमा अज्ञानरूपी मायाको वशमा परेका अर्जुनलाई श्रीकृष्णले अठार अध्यायको गीता सुनाएर दिव्यज्ञान दिनुभयो र विश्वरूपको दर्शन पनि गराउनुभयो । त्यसपछि अज्ञानरूपी कालो बादल, मायारूपी कल्मष अर्जुनको मनबाट हट्यो अनि उनले भने ‘करिष्ये वचनम् तव’ (तपाइँले भनेबमोजिमको काम (युद्ध) गर्छु ) अर्जुनमा कृष्णले दिनुभएको ज्ञान पसेपछि महाभारतको युद्धले गति लियो । माया हटेकाले कुलका वृद्धपितापहलाई समेत वाण हानेर शरशय्यामा पनि सुताए अर्जुनले ।

४. तर आफूले प्राप्त गरेको ज्ञानलाई अर्जुनले जीवन्त बनाइराख्न सकेका रहेन छन् भन्ने कुरा महाभारत उल्लिखित एक घटनाबाट स्पष्ट हुन्छ । महाभारतको युद्धमा पाण्डवहरूको जीत भएपछि राज्यमा पूरै उनीहरूको अधिकार जम्यो । एक दिनको कुरा हो जब स्वेच्छाले घुम्दैफिर्दै स्वर्गतुल्य रमणीय र आनन्ददायक सभाभवनको मण्डपमा पुगेका थिए अर्जुन र श्रीकृष्ण पनि साथमा हुनुहुन्थ्यो । त्यस बखत अर्जुनले श्रीकृष्णसँग भने ‘हे देवकीनन्दन ! हजूरले मलाई युद्धका बेला दिनुभएको ज्ञान र दिव्य ईश्वरीय दर्शन मेरो मन्दबुद्धिका कारण अहिले विस्मृतिको गर्भमा पुग्यो अर्थात् मैले ती ज्ञानका कुरा र ईश्वरीय दर्शन सबै भुलेँ । अब फेरि त्यो दिव्यज्ञान सुन्ने इच्छाले मेरो मन उत्कण्ठित भैरहेको छ । अतः ती विषय मलाई फेरि एक पटक सुनाइदिनुहोस् । ’

५. अर्जुनका कुरा सुनेर श्रीकृष्णले भन्नुभयो ‘ अर्जुन मैले सबैभन्दा नजिकको प्रिय सखा मानेर ठूलाठूला ऋषि—मुनि र तपस्वीहरूले समेत नपाएको ज्ञान तिमीलाई दिएँ र त्यो दिव्य स्वरूपको दर्शन पनि तिमीलाई गराएँ । तर आफूले प्राप्त गरेको अमूल्य ज्ञानलाई र दिव्यदर्शनको स्मृतिलाई तिमीले बचाएर राख्न सकेनौ । अर्थात ज्ञानको चर्वित—चर्वण गर्न सकेनौ । अब त्यो ज्ञान र दिव्य ईश्वरीय ज्ञान दोह¥याएर तिम्रा समक्ष राख्न म सक्तिन । त्यस बेला मैले योगयुक्त भएर ती कुरा गरेथेंँ अब त्यो सम्भव छैन’ यसो भनेर श्रीकृष्णले अर्कै एक ब्रह्मणको कथा सुनाएर अर्जुनको चित्त बुझाउने प्रयास गर्नुभयो ।

६. यो ‘चर्वित—चर्वणम्’ शब्दको प्रयोग गरेर म फेसबुकका आदरणीय मित्रहरूसँग जीवनमा आफूले प्राप्त गरेका ज्ञान सधैँ जीवन्त भैरहोस् भन्ने ध्येयले अभ्यास गरिरहन, दुर्लभ ज्ञानको प्रवचन भैरहेका ठाउँमा गएर पनि त्यहाँ महापुरुषले भनेका अमृतमय ज्ञान ध्यानपूर्वक सुन्न अनि पछि आफूले प्राप्त गरेका जीवनोपयोगी विषयको ज्ञानलाई ताजै बनाइराख्ने सुमतिका लागि हार्दिक अनुरोध गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय