संसद छलेर अध्यादेशको सहारा लिँदै दुई तिहाईको सरकार


काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पत्र पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी र सहकारी समस्या समाधान सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पठाइएको हो ।

वैशाख १७ गतेदेखि आव्हान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै स्थगित गर्न लगाएर सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको हो ।

सरकारले अध्यादेश ल्याउन लागेको भन्दै यसअघि नै आलोचना भइरहेका बेला सरकारले अध्यादेश ल्याउन लागेको हो । झण्डै दुई तिहाईको सरकारले संसद छलेर अध्यादेश सिफारिस गरेपछि अहिले आलोचना भइरहेको छ ।