विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो
विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ५ हजार ३८८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ६८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड ९१ लाख १हजार ९०६ पुगेको छ । हालसम्म विश्वमा ८ करोड ११ लाख २६ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
संक्रमितमध्ये २ करोड ५४ लाख २० हजार ५० जना सक्रिय संक्रिमत रहेका छन् भने ९८ हजार ६८६ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा चार लाख ९६ हजार ६३ जनाको मृत्यु भएको छ भने २ करोड ८१ लाख ९६ हजार भन्दा बढी संक्रमित भएका छन् ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ९ लाख ४ हजार नाघेको छ भने १ लाख ५५ हजार ६ सय बढीको मृत्यु भएको छ ।