विश्वमा कोरोना संक्रमणबाट २१ लाख ८४ हजार मानिसको मृत्यु



कोरोना भाइरसबाट विश्वमा संक्रमित हुनेको संख्या १० करोड १४ लाख नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ ।

हालसम्म १० करोड १४ लाख ३३ हजार भन्दाबढी भाइरसबाट संक्रमित भएका छन् । यस्तै सात करोड ३३ लाख २० हजार भन्दा बढी मानिस कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमणबाट २१ लाख ८४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा दुई करोड ६१ लाख ६६ हजार भन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म चार लाख ३९ हजार ५१७ जनाको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा अहिलेसम्म एक करोड ७ लाख भन्दा बढीमा कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाका कारण भारतमा एक लाख ५३ हजार ८८५ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर