भेन्टिलेटरमा राख्नुअघि सङ्क्रमित जोडीको अस्पतालमा विवाह



कोभिड-१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका छन्।

३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै जनवरी ९ तारिखमा वेलायतस्थित मिल्टन कीन्स युनिभर्सिटी अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका पुरुषको अवस्था बिग्रँदै गएपछि त्यहाँका कर्मचारीहरूले विवाहको प्रबन्ध मिलाएका थिए । वैवाहिक कार्यक्रम सम्पन्न नहुँदासम्म उनीहरूले ओ ब्रायनलाई एउटा ट्युबबाट सास फेर्न सहज पारिदिएका थिए ।

उक्त दम्पती हाल निको हुने क्रममा छ । पेसाले नर्स कर र ओ ब्रायनले आगामी जुन महिनामा विवाह गर्ने योजना बनाएका थिए । तर उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएसँगै अक्सिजनको तह निकै कम पुगेपछि अस्पताल दौडाइएको थियो ।

सुरुमा उनीहरूलाई फरक वार्डमा राखिएको थियो। तर करले नर्स हाना क्याननलाई आफूहरूको विवाह गर्ने योजना सुनाएपछि ती नर्सले अस्पतालमा विवाह गर्ने विषयमा सोधेकी थिइन् ।

करका अनुसार उनलाई विवाह गर्ने यो नै अन्तिम मौका हुनसक्ने बताइएको थियो । ‘यी त्यस्ता शब्द हुन जुन म फेरि कहिल्यै सुन्न चाहन्न,’ उनले भनिन् । अस्पतालका कर्मचारीहरूले विवाहका लागि आवश्यक अनुमति लिने प्रयास गरिरहेका बेला ओ ब्रायनको अवस्था थप बिग्रियो र जनवरी १२ तारिखमा उनलाई भेन्टिलेटरमा राख्नको लागि आईसीयूमा लगियो ।

‘हामी सबै मिलेर उनीहरूको विवाह गरायौँ। उनीहरूले चाहे जस्तो विवाह यो नहुन सक्छ तर पक्कै पनि यो केही हदसम्म सकारात्मक, असाधारण अनि स्मरणीय हुन सक्छ,’ क्याननले भनिन् । परिवार सदस्य अनि साथीहरूका लागि उनले विवाह समारोहको भिडिओ कैद गरिन्। अस्पतालमा खानपानको प्रबन्ध गर्ने कर्मचारीहरूले केकको व्यवस्था गरे ।

विवाह सम्पन्न भएको केही समयपछि नै ओ ब्रायनलाई भेन्टिलेटरमा राखियो । हाल उक्त दम्पती एउटै वार्डमा छ र विवाह भएपछि पहिलोपटक चुम्बन गर्न सफल भएको छ ।

करले विवाह हुनु आफूहरूका लागि सम्पूर्ण कुरा रहेको बताएकी छन् । ‘हामी एक अर्का सँगै नभएको भए र हामीलाई विवाह गर्ने मौका नदिइएको भए मलाई लाग्दैन कि हामी दुवै यहाँ सँगै हुने थियौँ,’ उनले थपिन् ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर