विश्वमा कोरोना संक्रमणमुक्त हुुनेको संख्या ७ करोड नाघ्यो



विश्वमा ७ करोड भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड ४ लाख ४८ हजार २३७७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा छ लाख ४० हजार चार सय भन्दाबढी संक्रमित थपिएका छन् भने १५ हजार आठ सय भन्दा बढी संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा ९ करोड ८० लाख ५१ हजार ५१२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० लाख ९८ हजार २१२ जनाको मृत्यु भइसकेको छ ।

हाल २ करोड ५५ लाख ४ हजार ९२३ जना सक्रिय संक्रमितको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ११ हजार ३०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी, सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ३ सय बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २० हजार २८५ पुगेको छ । त्यस्तै, एकैदिन एक लाख ७७ हजार चार सय भन्दाबढी संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ५१ लाख ९६ हजार ८६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ६ लाख २६ हजार २ सय पुगेको छ भने अहिलेसम्म १ लाख ५३ हजार ६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ८२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय