‘जो कोभिडको डरले तीन महिनासम्म विमानस्थलमा लुकेर बसे’



महामारीका कारण विमान चढ्न डराएका एक पुरुष तीन महिनासम्म शिकागोको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षित भागमा लुकेर बसिरहेको पाइएको छ । ३६ वर्षीय आदित्य सिंहलाई शनिवार विमानस्थलका अधिकारीहरूले पक्राउ गरेका थिए ।

उनीसँग पहिचानपत्र माग गरेका कर्मचारीहरूलाई सिंहले एउटा ब्याज देखाए । तर त्यो ब्याज एक व्यवस्थापकको थियो र उनले अक्टोबरदेखि सो ब्याज हराइरहेको रिपोर्ट गरेका थिए । प्रहरीका अनुसार सिंह लस एन्जलसबाट शिकागोको ओ’हेर अन्तर्राष्ट्रिय विमानस्थलमा १९ अक्टोबरमा आइपुगेका थिए ।

उनले विमानस्थलमा सो ब्याज भेट्टाएको र कोभिडका कारण घर जान डर लागेकाले त्यहीँ बसिरहेको राज्यका सहायक अभियोजनकर्ता केथीलिन हेगर्टीलाई उद्धृत गर्दै शिकागो ट्रिब्यूनले लेखेको छ । ती व्यक्ति अन्य यात्रुहरूले दिएका खानेकुरामा निर्भर रहेको न्यायाधीशलाई उनले बताइन् ।

कुक काउन्टीकी न्यायाधीश सुजान ओर्टिजले यो मुद्दाको प्रकृतिबारे आश्चर्य प्रकट गरेकी थिइन् । ‘उसोभए एकजना अनधिकृत व्यक्ति ओ’हेर विमानस्थल टर्मिनल भवनमा १९ अक्टोबर २०२० देखि १६ जनवरी २०२१ सम्म बसिरहेको र कसैले उनीबारे त्यतिन्जेल थाहा नपाएको भनेर तपाईँ भन्दै हुनुहुन्छ ? म यसबारे अलि प्रष्ट हुन चाहन्छु,’ न्यायाधीशले अभियोजनकर्तालाई सोधेकी थिइन् ।

सिंह लस एन्जलसको बाहिरी भागमा बसोबास गर्छन् र उनको कुनै आपराधिक पृष्ठभूमि नरहेको अर्का अभियोजनकर्ता कोर्टनी स्मलवुडले बताइन् । उनी किन शिकागो पुगे भन्ने स्पष्ट भएको छैन । उनीविरुद्ध विमानस्थलको प्रतिबन्धित क्षेत्रमा अनधिकृत आपराधिक प्रवेश गरेको अनि चोरी गरेको अभियोग लगाइएका छन् ।

एक हजार डलर जमानत तिरेर रिहा भएपछि पनि उनलाई त्यसपछि उक्त विमानस्थलमा प्रवेश दिइनेछैन । ‘अदालतसामु प्रस्तुत गरिएका तथ्य र बयान निकै स्तब्ध पार्ने खालका छन्,’न्यायाधीश ओर्टिजले भनिन् ।

‘विमानस्थलहरू भनेको अत्यन्त सुरक्षित हुनुपर्छ ताकि मानिसहरू विना कुनै चिन्ता यात्रा गर्न सकून्। तर यी आरोपित कार्यहरूले उनी समुदायको निम्ति खतरनाक देखिन्छन्।’ शिकागो महानगरका विमानस्थल रेखदेखको जिम्मा पाएको निकाय शिकागो हवाई विभागले एक विज्ञप्तिमार्फत् भनेको छः ‘यो मामिलाको अनुसन्धान भइरहँदा हामीले के थाहा पाएका छौँ भने यी पुरुष विमानस्थल वा अन्य यात्रुका निम्ति खतरा भने थिएनन्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण