कोरोना भाइरसको नयाँ प्रकारले सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओको चेतावनी



विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो ।

उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ ।

दक्षिण अफ्रिकामा देखा परेको भाइरसको ’स्ट्रेन’ अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ । सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ ।

जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ । उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन् । ती मानिसहरू ब्रजिलमा सङ्क्रमित भएको ठानिएको छ।
नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण ठानिएको छ

-यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ

-यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ

-प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ । विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको