विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नाघ्यो



विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या संख्या २० लाख १ हजार २२४ पुगेको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख ९ हजार १०१ पुगेको हो । जसमध्ये ६ करोड ६७ लाख ९८ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख भन्दाबढी संक्रमणमुक्त भएका थिए ।

अहिले संक्रमितमध्ये २६ दशमलव ४२ प्रतिशत अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ४७ लाख ९ हजार ७४४ छ । यसमध्ये १ लाख ११ हजार ८८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

विश्वमा सबैभन्दा बढी असर परेको अमेरिकामा २ करोड ३८ लाख ४८ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३ लाख ९७ हजार ९३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढी संक्रमितको भएको छ ।

त्यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा थप १८९ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ९५४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५१५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ करोड ५ लाख २८ हजार ३४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ६१ हजार ८६८ जना संक्रमणमुक्त भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश