कोभिड सङ्क्रमणपछि ‘कम्तीमा पाँच महिना सुरक्षित’



एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण हुने सम्भावना कहिल्यै सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएका छन् ।

तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन् । नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताइन् । तर उनले यसको अर्थ दोहर्याएर हुनै नसक्ने भन्ने नभएकोले सुरक्षाका उपायहरू अपनाउन पर्ने बताइन् ।

उनले पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको बताइन् । ‘यसको अर्थ तपाईँलाई सङ्क्रमण भइसकेको छ भने फेरि गम्भीर खालको सङ्क्रमण नहुने सम्भावना ज्यादा भएको विश्वास गर्न सक्नुहुन्छ तर तपाईँ सङ्क्रमित हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने हुन्छ,’ उनले भनिन् ।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ । तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६,६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो ।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन् । उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन् । लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताइन् । ‘कोरोनाभाइरस सङ्क्रमण भइसकेका व्यक्तिले खोप लिन हुन्छ र यसले प्राकृतिक रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९