नेपालमै पहिलो कोभिड बिरामी देखिएपछिको एक वर्षमा हामीले के गर्यौं ?



डा. अनुप बास्तोला ।

टेकु अस्पतालमा अझ भनौं नेपालमै कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज एक वर्ष पुग्यो । कोभिड-१९ महामारीमा यो एक वर्ष थकान, तनाव, डर नभनी खट्ने मेरा सबै सहकर्मी, स्वास्थ्यकर्मी एवं सहयोगीलाई नमन गर्न चाहन्छु ।

कोभिडबाट जीवन गुमाउनु भएका आमा-बुबा, दिदी-बहिनी-दाजु-भाइमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु । हरसम्भव कोसिस गर्दा पनि बचाउन नसकेका बिरामीका आफन्तको वियोग र निको भएर घर फर्किनेहरुको मुस्कानको बीचमै यो एक साल बित्यो ।

सुरुवाती दिनहरुमा नेपालमा कोभिड भित्रिँदै गर्दा स्वास्थकर्मीमा त्रास र अस्पतालहरुमा भ्रम थियो ! संक्रमितहरु टेकुमा मात्र जान्छन् ! फलस्वरुप कोबिड महामारी आउनुपूर्व नै अन्य बिरामीका लागि अस्पतालका ढोकाहरु बन्द भए । कसैलाई कोरोना पोजेटिभ देखिए अस्पताल नै सिल हुन्थे । त्यस्तो अवस्थामा पनि कुनै दिन थकान नभनी बिरामीको सेवामा जुटिरहने टिमको ऊर्जा आजसम्म घटेको छैन।

पछिल्ला दिन संक्रमण दर उच्च भएको बेला अस्पतालहरुले कोभिडका बिरामीलाई भकुण्डोजस्तो खेलाएको पनि देखियो, दुहुना गाईझैं दोएको पनि देखियो । सँगसँगै नेपालको समग्र स्वास्थ्य प्रणालीको यथार्थ चित्र पनि छर्लङ्ग भयो । खासमा हाम्रो हैसियत उजागर भयो भनौं ।
सरकारी अस्पतालले जागिर मात्र सोच्ने, जिम्मेवारी बिर्सिने अनि साधन-स्रोत भएता पनि , त्यसअनुसार बिरामीले सेवा नपाउने । त्यस्तै, निजी अस्पतालले नाफा मात्रै सोच्ने, जिम्मेवारी बिर्सिने, राज्य बाट छुट लिने , अनि राज्य ले तोके अनुसार सेवा नदिने। यो यथार्थ देखियो, यसमा को बढी र को कम भन्ने मात्रै हो ।

हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं । आफू बचौं, अरुलाई पनि जोगाऊँ । अझै पनि हामी महामारीको भुँवरीमै छौं । सबैतिर खुला छ । हामीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसक्यौं । अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी नै छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माथिल्लो अरुणमा विश्व बैंक वित्तिय व्यवस्थापन गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका

गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो