विश्वमा २ करोड ४० लाख मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण



विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड १३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड १३ लाख १४ हजार ३७० पुगेको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १९ लाख ५२ हजार ८७९ पुगेको छ । कूल संक्रमितमध्ये ६ करोड ५२ लाख ८६ हजार ३२८ जना संक्रमणमुक्त भएका छन् ।

बाँकी दुई करोड ४१ लाख सात हजार ८९२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्। संक्रमितमध्ये २ करोड ४० लाख ७५ हजार १६३ जना संक्रिमत उपचारका क्रममा छन् । जसमध्ये १ लाख ८ हजार ७५० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख ४३ हजार १९७ पुगेको छ । कोरोनाका कारण ३ लाख ८५ हजार २४९ जनाको मृत्यु भएको छ भने १ करोड ३६ लाख ८० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ७९ हजार ९१३ पुगेको छ । अहलेसम्म १ लाख ५१ हजार ३६४ संक्रमितको मृत्यु भएको छ भने १ करोड १ लाख १० हजार बढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न