विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो,७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त
विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड ७७ हजार ४४६ पुगेको हो ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ लाख ५० हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या ६ करोड ४४ लाख ६३ हजार नाघेको छ । कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १२ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १९ लाख ३४ हजार ८१३ पुगेको छ ।
कुल संक्रमितको २६.२८ प्रतिशत संक्रमित अर्थात २ करोड ३६ लाख ७९ हजार २७४ जना संक्रिमत उपचारका क्रममा छन् ।जसमध्ये १ लाख ८ हजार ५१७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड २६ लाख ९९ हजार ९३८ पुगेको छ । कोरोनाका कारण ३ लाख ८१ हजार ४८० जनाको मृत्यु भएको छ भने १ करोड ३३ लाख ९३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार ९८१ जनामा संक्रमण पुष्टि भएका छन् भने ३ हजार १८२ संक्रमितको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ४ लाख ५१ हजार ३४६ पुगेको छ । अहलेसम्म १ लाख ५१ हजार ४८ संक्रमितको मृत्यु भएको छ भने १ करोड ७५हजार बढी संक्रमणमुक्त भएका छन्