विश्वमा एक लाख ८ हजार कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर



पछिल्लो २४ घण्टामा विश्वमा १२ हजार ९ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ७५ हजार ४५१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ९ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ६८ लाख ३२ हजार १८ पुगेको छ । हाल विश्वमा २ करोड ३४ लाख २५ हजार भन्दाबढीमा सक्रिय संक्रमण छ भने १ लाख ८ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड १५ लाख ३१ हजार ३ सय जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड १५ लाख ७८ हजार ६०६ पुगेको छ । कोरोनाका कारण ३ लाख ६५ हजार ६२० जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ६२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३ लाख ७५ हजार ४७९ पुगेको छ । अहलेसम्म १ लाख ५० हजार १५१संक्रमितको मृत्यु भएको छ भने ९९ लाख ९६ हजार बढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति