विश्वमा एकैदिन १४ हजार ७ सयबढी संक्रमितको मृत्यु,अमेरिकामा संक्रमितको संख्या २ करोड नाघ्यो



चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

विश्वमा पछिल्लो २४ घण्टामा १४ हजार ७ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै बढी हो । यसअघि बुधबार १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो । संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १८ लाख १२ हजार ५० पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ३० लाख ६० हजार ५३६ पुगेको छ । हाल विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४४१ रहेको छ भने १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

हालसम्म विश्वमा संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाख ६२ हजार भन्दा बढी छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १९ लाख ९८ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ५९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७६ लाख १९ हजार नाघेको छ भने १ लाख ९३ हजार ८४० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६७ लाख ७ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी