विश्वमा २ करोड २० लाख मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ८१ हजार ४४२ संक्रमितको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

यसैगरी विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ७७ लाख ९५ हजार ७८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८३ हजार भन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ८ करोड १६ लाख ६९ हजार ५२१ पुगेको छ ।

हाल विश्वभर २ करोड २० लाख ९२ हजार २९३ जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख २४ हजार ७९७ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार १९० जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ६ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७५ लाख ६ हजार नाघेको छ भने १ लाख ९१ हजार ६४१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६५ लाख ६८ हजार भन्दा बढी निको भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको