‘केही दिन आफैं सुरक्षित रहनुहोस्, त्यसपछि मेडिकल साइन्सले तपाईंको सुरक्षा गर्नेछ !’



नारायण गाउँले ।

अन्ततः फाइजर-बायोएनटेकले विकास गरेको भ्याक्सिनलाई आम-प्रयोगको मान्यता दिने बेलायत पहिलो देश बनेको छ ! अर्को साताबाट बेलायतमा भ्याक्सिनेसन सुरु हुनेछ । यो अमेरिकी-जर्मन भ्याक्सिनको ४० मिलियन डोज बेलायतले सुरक्षित गरिसकेको छ जसमध्ये १० मिलियन डोज यसै वर्ष प्राप्त हुने अनुमान छ । तर यो ‘पहिलो’ शब्द हामीले बुझ्ने भन्दा अलि फरक छ ।

-भ्याक्सिन बनाउने रेसमा अमेरिका, बेलायत र जर्मनीका औषधि कम्पनी अन्यभन्दा अगाडि थिए । तर अचम्म, यो रेस कुन देश पहिलो बन्ने भन्ने थिएन । कसरी सुरुमैं भ्याक्सिन हासिल गर्ने र आफ्ना जनतालाई सुरक्षित गर्ने भन्ने होड़चाहिँ थियो ।

-बेलायत सरकारको अनुदानमा आफ्नै अक्सफोर्ड विश्वविद्यालयले भ्याक्सिनबारे रिसर्च गर्दै थियो । अन्य बेलायती कम्पनी पनि यो रेसमा थिए । तर, बेलायतले अमेरिकीदेखि जर्मन कम्पनीसम्म सम्भावित सबैसँग भ्याक्सिन बन्नुअघि नै किन्ने सम्झौता गरेको थियो । एक-दुई हप्ता कुरेर आफ्नै देशको भ्याक्सिन लगाउने भन्ने पनि नहुने ।

-आफ्नै देशको भ्याक्सिन पनि लगभग रेडी थियो । तर बेलायतले अमेरिकी-जर्मन उत्पादनलाई अमेरिका र जर्मनीभन्दा पहिले मान्यता दियो ।
-मोडेर्ना, फाइजर, जोनशन एन्ड जोनशनलगायतका अमेरिकी मल्टीनेशनल कम्पनी भ्याक्सिन रेसमा अगाडि थिए र पनि अमेरिकाले बेलायतदेखि जर्मनसम्मका अन्य धेरै कम्पनीलाई ठूलो आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

-प्रायः जसो उत्पादकले महामारीको अन्त्य भएको घोषणा नहुन्जले भ्याक्सिन नाफ़ा नलिई बेच्नेछन् । र पनि झन्डै १० महिना लामो अनुसन्धान र विकासमा ठूलो राशि खर्च भएकाले लागत मूल्य पनि महँगो पर्ने अनुमान छ । महिनौंसम्म ठूलो साधनस्रोत र समय भ्याक्सिनमा खर्च गर्नुपर्दा पाइपलाइनमा रहेका अन्य थुप्रै अनुसन्धान र उत्पादन प्रभावित हुने र भ्याक्सिनबाट नाफ़ा लिनसमेत नैतिक सङ्कट पर्ने हुनाले ती कम्पनीको बजारमूल्य (शेयर-प्राइस) पहिले सोचे जति बढ्न सकेनन् ।

-छिटो भ्याक्सिन विकास गर्ने राजनैतिक दबाबका बीच पनि कम्पनीहरूले सेफ्टी र क्वालिटीमा सम्झौता गर्न चाहेनन् । सानो गल्तीले पनि कम्पनीको प्रतिष्ठा र भविष्य सङ्कटमा पर्न सक्ने डर हुँदो रहेछ । यी कम्पनी कुनै देशका भनिए पनि विश्वव्यापी नेटवर्क भएका र चीनदेखि रसियासम्मका लाखौं लगानीकर्ता रहेका कम्पनी हुन् ।

-यो धन्दा भ्याक्सिन बेचेर विदेशीले कमाउने धन्दा हो भन्ने प्रचार गर्न सकियो भने शासकलाई भ्याक्सिनबारे टाउको नदुखाई कनै लोकप्रिय बन्ने अवसर हुँदो रहेछ ।

-विश्वभरबाट यो भाइरस उन्मूलन नभई आफ्नो देशमात्रै सुरक्षित हुन नसक्ने हुनाले ढिलो चाँडो यो सबै देशमा पुग्ला नै । संयोगवश बेलायत पहिलो भयो । तर पहिलो हुनुको गर्वभन्दा पनि छिटोभन्दा छिटो नर्मल अवस्थामा फर्किने आशामा यहाँ मान्छेहरू खुशी देखिन्छन् । आखिर एउटा मात्रै जीवन बचाउन सकियो भने पनि त्यसको मानवीय मूल्य धेरै हुन्छ ।
केही दिन आफै सुरक्षित रहनुहोस् । त्यसपछि मेडिकल साइन्सले तपाईंको सुरक्षा गर्नेछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना