नेपालमा थप ३,६३७ मा कोरोना संक्रमण,३,२१५ संक्रमणमुक्त



नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएको बताएका हुन् । यो संगै कुल संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।

बिहीबार ३ हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएसंगै सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ सय १२ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएकोे छ । देशभर नेपालमा ४४ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने ३ हजार ७ सय ५१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफूमाथि लगाइएका आरोपको सामना गर्न प्रधानमन्त्रीद्वारा लिखित जवाफ तयार

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि

स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता

थप १७०३ जनामा कोरोना संक्रमण, १२३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको

भारतको छिमेक सम्बन्धमा नेपाल पहिलो प्राथमिकतामाः विदेश सचिव श्रृंगला

काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र