थप ३१६७ जनामा कोरोना संक्रमण, एक हजार ८ सय डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५,४३८ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ  । क्वारेन्टाइनमा ४७१५ जना रहेका छन् ।

आइसोलेसनमा ३८,७३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शनिबार थप १८ सय जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८९,८४० पुगेको छ । आइसियूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

चाँगुनारायण अस्पतालमा सेवा विस्तार, थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको परीक्षण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नगर

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख