थप २६३८ जनामा कोरोना संक्रमण, २१७४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट थप १३,९४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,६६६ जना रहेका छन् । आइसोलेसनमा ३६,३६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप २१७४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८०,९५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेल प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश