थप ३५५६ जनामा कोरोना संक्रमण, १५०३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप तीन हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौमा एक हजार सात सय ४६, भक्तपुरमा एक सय ६७ र ललितपुरमा दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

त्यस्तै मंगलबार थप १५०३ जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै होम आइशोलेशनमा २० हजार ८६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १५ हजार ४८ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ४ हजार ७९५ हजार जना रहेका छन् । त्यस्तै हालसम्म १२ लाख ७ हजार ९१ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक