बेलायतमा कोभिडविरुद्ध बीसीजी खोपको परीक्षण
बेलायतमा कोरोना संक्रमणबाट बचाउन संक्रमितलाई बीसीजी खोपको परीक्षण सुरु गरिएको छ । बेलायती वैज्ञानिकहरूले कोरोना संक्रमणबाट बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका हुन् । सन् १९२१ मा क्षयरोग नियन्त्रण गर्न तयार गरिएको खोप परीक्षण गर्न लागिएको हो कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण फेला पारेको उनीहरूले बताएका छन् ।
युनिभर्सिटी अफ एक्सेसरको उक्त ‘ट्रायल’ मा एक हजार जनाले भाग लिँदै छन् । यो खोपमा कुनै पनि संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता उच्च बनाउने गुण रहेको बताइन्छ । त्यसै कारण कोरोनासँग लड्न पनि फलदायी हुने आकलन गरिएको बीबीसीले उल्लेख गरेको छ ।
बीसीजी खोपका कारण क्षयरोग रोकथाम मात्र नभई बेलायतमा नवजात शिशुलाई निमोनियाजस्ता रोगबाट समेत जोगाउन सघाएको अध्ययनले पुष्टि गरेको छ । दक्षिण अफ्रिकामा यसले नाक, घाँटी र फोक्सोमा हुने संक्रमण ७३ प्रतिशत घटाएको पाइएको छ ।