अनसन अन्त्य गर्न डा. केसीलाई सरकारको आग्रह


काठमाडौँ । सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्तिमार्फत केसीलाई अनसन तोड्न आग्रह गरेका हुन् ।

बिहीबार र शुक्रबार भएका वार्ता विना निष्कर्ष टुंगिएपछि शनिबार मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको भन्दै अनसन तोड्न आग्रह गरेका हुन् । बिहीबार मस्यौदा गरिएको सहमतिबाट सरकार पछि हटेको भन्दै केसी पक्षले प्रधानमन्त्री र शिक्षामन्त्रीले केसीका माग पूरा गर्न वेवास्ता गरेको आरोप लगाएको छ ।

यो पनि

डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षबिहीन, सशक्त आन्दोलनका लागि आह्वान 

कस्तो छ डा. केसीको स्वास्थ्य ? भिडियोमा हेर्नुस् 

हेर्नुस् सरकारी वार्ता टोलीको विज्ञप्ति