डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षबिहीन, सशक्त आन्दोलनका लागि आह्वान



काठमाडौं । अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच शुक्रबार राति भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

सम्झौता गरेर आजै अनसन तोडाउने भनिएपछि सरकारी वार्ता टोली बिहीबार तयार पारिएको मस्यौदाबाट झनै पछि हटेकाले वार्ता विना निष्कर्ष टुंगिएको डा. जीवन क्षेत्रीले जानकारी दिएका छन् ।

वार्ता विना निष्कर्ष टुंगिएपछि केसीका समर्थकले शनिबार मध्यान्ह १२ बजे सरकारलाई दबाब दिन माइतीघरमा प्रदर्शन गर्ने र त्यसमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।

२६ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । डा केसीका मागको सम्बन्धमा सरकारी टोली र केसीका प्रतिनिधिबीच बिहीबारदेखि वार्ता सुरु भएको हो । थप गृहकार्य आवश्यक भएको भन्दै सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच बिहीबार भएको वार्ता शुक्रबार पुनः बस्नेगरि सकिएको थियो ।

केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो । बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो । डा केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन् । भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट असोज ६ गते काठमाडौं ल्याइएपछि केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

कस्तो छ डा. केसीको स्वास्थ्य ? भिडियोमा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास