थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा आठ पुरुष र चार महिला गरी थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । पीसीआर विधिबाट १८,४७३ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ४४६० जना रहेका छन् । आइसोलेसनमा २६,६८४ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप २६७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७१,३४३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३५ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ पछि जन्मिएको पुस्तालाई न राजतन्त्रको अन्धकार थाहा छ, न गणतन्त्रका उपलब्धि नै

–मनहरि तिमिल्सिना उन्नाइसौँ शताब्दीको उत्तराद्र्धसम्म विश्वको निर्विकल्प शासकीय प्रणालीका रुपमा अभ्यास गरिएको राजतन्त्रात्मक

भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य