‘पुरुष प्रधान समाजको उपज हो हजुर, नारीका ठाउँमा बसेर हेरौँ त’



डा. प्रदीप ढकाल ।

बलात्कारीलाई मृत्युदण्ड – २
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने यसअघि राखेको तर्कमा केही बिमति पाएँ । ती विमतिप्रति मेरो सम्मान छ । निश्चयनै, कुनै पनि मानिसको जीवन अमूल्य हुन्छ । त्यो जीवनको रक्षा हुनुपर्दछ भन्ने सोच सकारात्मक हो । तर उहाँहरुको तर्कमा बलात्कारपछि हत्या गरिएकी चेलीको जीवनरक्षा र उनको जीवनको मूल्य खोइ भन्ने प्रश्नमा चाहिँ उहाँहरु मौन पाएँ ।

कतिपयले तर्क राख्नु भएको छ कि – देवदेवीका मन्दिरहरुमा वा अन्य अवसरमा देवताका नाममा र अन्य विभिन्न बहानामा गरिने जीव हत्याको चाहिँ बिरोध गर्ने तर मृत्युदण्डको वकालत गर्ने ? ती प्राणीको जीवनरक्षाको कुरा उठाउनेले मानवको स्वरुपमा उभिएको हत्यारा–बलात्कारीको जीवनरक्षाको कुरा किन नगरेको भन्ने तर्क पनि आए ।

चेलीको बलात्कारपछि हत्या गरिएको छ । एक व्यक्तिले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर आफ्नो वासनाको तृप्ति गरिसकेपछि बालिकालाई दण्ड दिएको छ । अर्थात् मृत्युदण्ड दिएको छ ।

अर्को तर्क आएको छ कि – उक्त बलात्कारीको/हत्याराको मानवअधिकार चाहिँ रक्षा हुनुपर्दछ । विश्वका कैयौँ सन्धिहरुमा हामीले पनि हस्ताक्षर गरेका छौँ त्यसैले त्यो हत्यारा र बलात्कारीको रक्षा गर्नु सम्पूर्ण मानवको कर्तव्य हो । होइन भने हामी विश्व समुदायबाट अलग्याइन्छौँ । हामीले मानवअधिकारको उल्लंघन गरेको ठहरिन्छ ।

मैले बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिनुपर्दछ भन्दा पनि मैले त नैतिक र चारित्रिक शिक्षा दिएर पुरुषहरुलाई चेतनशील बनाऔँ; नारीको जीवनको सम्मान गर्न सक्ने गरी तालिम दिऊँ भन्नेमा बढी जोड दिएको छु । यति सबै गरिसकेपछि समाज सभ्य र सुसंस्कृत बन्दछ र यस्ता बलात्कार र हत्याका घटनाहरु घट्दैनन् भन्ने अपेक्षा गरेको छु । मानव भनेको विवेकशील, चेतनशील, बुद्धिमान हुन्छ । आफ्ना वरिपरिका अन्य मानव र जीवजन्तुको हित सोच्न सक्दछ । केवल स्वरुप मान्छेको हुँदैमा मात्र मानव कसरी मान्न सकिन्छ, गुण मान्छेको नभएपछि ? भनेको छु ।

सानी बालिकालाई यौनाङ्गको प्रयोजन पिशाव गर्नु हो भन्ने मात्र थाहा छ । पुरुषको यौनाङ्गले च्यातेर रक्ताम्य भई असह्य बेदनाले छट्पटिएर बेहोस भइसकेपछि पनि त्रिशुलले रोपेर मारिदिने पुरुषको जीवनरक्षाका पक्षमा यो पंक्तिकार कहिल्यै पनि हुन सक्दैन । कमसेकम १६ बर्षभन्दा कम उमेरका बालिका बलात्कारीको यौनांगलाई ढुंगैढुंगाले थिचेर नष्ट गरी मृत्युदण्ड दिनुपर्दछ ।

पढाउँदा पढाउँदै पनि, सिकाउँदा सिकाउँदै मानवको मर्यादा कुल्चिएर बलात्कार गर्दछ भने त्यो मानव नै कसरी भइरहन सक्दछ । त्यो व्यभिचारी पुरुषको ठडिने अंगको आवेग सहनका लागि हरपल त्रसित हुँदै हिँडिरहनुपर्ने चेलीहरु ? घरबाट बाहिर गएकी चेली घाम नअस्ताउँदै घर आइपुगिनन् भने पीर र सुर्ताले घरका मानिसहरुका ओठमुख सुक्दछ । किन ? कस्ले गर्दा ? यत्रतत्र सर्बत्र आँ ऽऽऽ गरेर मुख बाइरहेका दुष्टहरु दोबाटो र गल्ली ढुकेर बसेका छन् कि भनेर नै त हो ।

पुरुषप्रधान समाजको उपज हो हजुर । नारीका ठाउँमा बसेर हेरौँ त । त्यो यौनाङ्ग उनीहरुका लागि सजायँ बनेको छ । त्यो योनी अंग लिएर जन्मनु नै अपराध हो जस्तो गरी स्थापित भएको छ । ती नारीको पीडा र त्यो आँखाभित्र भएका डर र त्रासहरु हामीले देखेका छौँ ? त्यो पीडालाई महसुस गरेका छौँ ? सानी बालिका हुँदादेखि बृद्धावस्थासम्म सम्भावित बलात्कारको पात्र जस्तो बनेर बाँचिरहेकी छिन् उनी । साना बालिकादेखि लिएर सत्तरी वर्षकी हजुरआमा समेत बलात्कृत हुन्छिन् । नारी स्वरुप भनेको त पुरुषको वासनाशमनको माध्यममात्र हो, जतिबेला जहाँ झम्टिए पनि हुन्छ भन्ने गरी समाज अगाडि बढिरहेको छ । यो कुरा मानवताको कसीमा हेर्दा लज्जास्पद छ । हामी स्वयम्ले स्वयम्लाई सभ्यताका हिमायती हौँ भन्न लाज मान्नुपर्ने अवस्था छ ।

त्यो अपराधीलाई के सजायँ दिने भन्ने कुरा तिनै बलात्कृत बालिकालाई सोधौँ न । उनलाई भएको अन्यायको बारेमा मानवअधिकारको खोल ओढेको समाजलाई भन्दा बढी त तिनै बालिकालाई नै थाहा होला नि । अथवा उनलाई जन्म दिएकी उनकी आमालाई सोधौँ – उनले स्वइच्छाले जे सजायँ भन्छिन् त्यही गरौँ । हामीहरु ती बलात्कृत चेलीको आँखामा आँखा जुधाएर हेर्न सक्ने समाजको सिर्जना गरौँ न । अनि स्वतः यस्ता मृत्युदण्डको कुरा हटिहाल्छ नि ।

एकजनाले तर्क राखे – बालिका बलात्कारीलाई मृत्युदण्ड त ठीक हो । तर मृत्युदण्डको व्यवस्था भयो भने सोझासाझालाई फँसाएर धनी र ठूलाबडा उम्किन्छन् । निर्दोष फाँसी चढ्दछ तर वास्तविक अपराधी जोगिन्छ ।

यो तर्कको उत्तर त मसँग छैन । तर राज्यका हरेक प्रणालीप्रति शंका गर्नुपर्ने कस्तो खालको संयन्त्र हामीले बिकास गरेका छौँ भन्ने प्रश्नले चाहिँ खिन्न बनायो । हामी कहाँ छौँ ? कस्तो समाजको निर्माण गरिरहेका छौँ ? सोचौँ त ।

यो पनि

बलात्कारीलाई मृत्युदण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ