थप १,९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ८१७, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । पीसीआर विधिबाट थप १२,४४४ जनाको नमूना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ५,०७७ जना रहेका छन् । आइसोलेसनमा २१,८३० जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५७,३८९ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२० र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया