मन्त्रालयहरु फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्ति रोक्न वरिष्ठ नेता पौडेलको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन लागेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत पौडेलले मन्त्री पद बाड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गरेपनि फेरि कम्युनिष्ट सरकारले संविधान विपरीत काम गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरेमा त्यसको बिरोधमा आफूहरु उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

उनले लेखेका छन्, ‘देशलाई भारमात्र पर्नेगरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन् । कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत