नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको विरोधमा नेविसंघको प्रदर्शन



काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नेपालले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गरिसकेको र संविधानमा समेत नयाँ नक्सा समेटिसकेको अवस्थामा सरकारले भने नयाँ नक्सा सहितको पुस्तक बितरणमा रोक लगाएको भन्दै समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले कागजमामात्र नभइ वास्तविक रुपमै आफ्नो भूमि फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताए । कालापानी, लिपुलेक लिम्पियाधुरा हाम्रो हो, वास्तविक सिमाना वास्तवमै फिर्र्ता गर लगायका प्लेकार्ड बोकी विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।

समितिका संयोजक महेन्द्र जंग शाहीले नेपालको नक्सा अनुसारको भूमि फिर्ता ल्याउन र नयाँ नक्सा समेटिएको पुस्तक बितरण सुरु गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन बिरोध गरिएको बताए । समितिले मुलुकमा हिंसा हत्या बलात्कारका घटनाहरु नरोकिएको भन्दै सरकार जनताको पक्षमा कमजोर देखिएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत