थप १३५१ जनामा कोरोना संक्रमण, ७४२ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा दुई महिला र दुई पुरुष गरी थप चार जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । पीसीआर विधिबाट थप १०,०८० जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ६,३१० जना रहेका छन् ।

आइसोलेसनमा १९,६२४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप ७४२ जना डिस्चार्ज भएका छन् । यासँगै डिस्चार्ज हुनेको संख्या ५४,६४० पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२५ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागेन काभ्रेका बाढीपहिरो पीडितलाई तिहार

काभ्रे । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका

ओली सरकारले एकसय दिनमा राम्रो काम गरेको देउवाको दाबी

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले एकसय दिनमा राम्रो काम

नेपालका सबै भाषा, संस्कृति बचाउनुपर्छ : प्रधानमन्त्री ओली

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका

जब विजय बराललाई पूर्ण बहादुरको सारङ्गीको प्रस्ताव आयो….

काठमाडौँ । झण्डै ६ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन