थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १५७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९ पुरुष र एक महिला गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पीसीआर विधिबाट थप १०,१२३ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६,२८१ जना रहेका छन् । आइसोलेसनमा १९,०१९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप ८८५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५३,८९८ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोलि देखि क्लिनफिड लागू हुन्छ : मन्त्री गुरूङ

काठमाडौं । सरकारले कात्तिक ७ गते भोलि देखि नेपालमा क्लिनफिड लागू गर्ने भएको

नेपालमा थप ३,६३७ मा कोरोना संक्रमण,३,२१५ संक्रमणमुक्त

नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या

के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक योजना सार्वजनिक, अनुसन्धानतर्फ पनि जोड

  कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आगामी शैक्षिक योजना