थप १२०७ जनामा कोरोना संक्रमण, १,१४७ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १२०७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८,३४१ रहेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,०१९ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६,३०१ जना रहेका छन् । शनिबार थप १,१४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५३,०१३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २२४ र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)