थप १४९७ जनामा कोरोना संक्रमण,४५७ जना डिस्चार्ज



काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ पुरुष र पाँच महिला गरी थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ११,४४९ जनाको नमुना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा ६,५६५ जना रहेका छन् । आइसोलेसनमा १८,४३७ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५०,४११ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३२ र भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार