वामदेवलाई सांसदको रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रूपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको छ । न्यायाधीश आानन्दमोहन भट्टराइको इजलासले राष्ट्रियसभामा सांसद बनाइएका वामदेव गौतमलाई थप जिम्मेवारी नदिन आदेश जारी गरेको हो ।

आदेशमा ’संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादलाई यथास्थितिमा राख्न आवश्यक देखिँदा थप संवैधानिक जिम्मेवारी दिने र लिने कार्य नगर्न र नगराउन’ उल्लेख गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

अदालतले रिट निवेदक र विपक्षी सरकारलाई छलफलका लागि बोलाएको रिट निवदेक त्रिपाठीले जानकारी दिए । निर्वाचनमा पराजित भइसकेका व्यक्तिलाई राष्ट्रियसभा हुँदै मन्त्री बनाउने कार्य संविधान विपरित हुने भन्दै आफूले रिट दायर गरेको उनले बताए ।

साथै सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग हारेका नेता गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन् । । गौतमले राष्ट्रिय सभा सदस्यका रूपमा सपथ समेत लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका