प्रधानमन्त्रीको निर्देशनमा सीमासम्बन्धी पुस्तक बितरणमा रोक



काठमाडौं । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक बितरण रोकिएको जानकारी दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक बितरण रोक्न निर्देशन दिनुभएको जानकारी दिए ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिपोर्ट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको उनले बताए । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसंग छलफल हुने र निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

काठमाडौँ । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

प्रधानमन्त्रीलाई प्रश्नः काटिएका उद्योगमा लाइन जोडिएन नि ?

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष

प्रचण्डसँग अब कहिल्यै झुक्किन्नँः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग