१४४७ जना डिस्चार्ज, १२०४ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा चार पुरुष र सात महिला गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । क्वारेन्टाइनमा ७७३५ जना छन् ।

आइसोलेसनमा १७,१२९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमण निको भई शनिबार थप १४४७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४५,२६७ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १७९ र भेन्टिलेटरमा ३५ जनाको उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ