…के म साँच्चै नामर्द शिक्षक हुँ त ?



…….के म साँच्चै नामर्द शिक्षक हुँ त ?
तिमी नेता बन्यौ बाबू तर मैले नेतृत्व सिकाउन भुलेंछु ।
तिमी व्यापारी बन्यौ , मैले व्यापारिक बनाउन बिर्सेंछु ।
मलाई माफ गर ,
तिमीले अन्तै ध्यान दिएको बेलामा मैले भ्रस्टाचार नगर्नु भनेर सिकाएँछु ।
तिमीलाई तयारै नगराई शिष्टाचारको पाठ पढाएँछु ।
तिमी कक्षामा अनुपस्थित भएको दिन नै हुनुपर्छ ,
नागरिकको कर्तव्य भन्ने पाठ घोकाएँछु ।
तिम्रो बाबाले भिकारीलाई लखेटेर मज्जा लिएको दिन,
बाबाको पराक्रम देखेर तिमी खुसी भएको दिन,
त्यै दिन परेछ कि क्या हो……
मैले परोपकार भन्ने पाठ घोकाएको दिन ।
माफ गर मलाई !!!!
मैले तिमीलाई सदाचारी बनाउन सकिन ।
मैले तिमीलाई इमान्दार नेता बनाउन सकिन ।
सच्चा र लोभ नभएको ठेकेदार बनाउन सकिन ।
देशको माया गर्न सक्ने नागरिक बनाउन सकिन ।
गोबिन्द के.सी. जस्तै डाक्टर बनाउन सकिन ।
रबि लामिछाने जस्तो पत्रकार बनाउन सकिन ।
कृष्ण कँडेल जस्तो परोपकारी बनाउन सकिन ।
न त धुर्मुस ( सिताराम कट्टेल) जस्तो विकासप्रेमी बनाउन सकें ।
न त कुलमान जस्तो कर्मचारी बनाउन सकें ।
मलाई माफ गर शिष्य !!!!!
मैले त तिमीलाई बेकुफ बनाएँछु ।
त्यसैले त नेपाल आमाले मलाई धिकारिरहेकी छन् ।
एउटा व्यक्तिलाई पनि योग्य बनाउन नसक्ने त जस्तो नामर्द शिक्षक भनेर ……
इन्द्र प्रसाद पाण्डे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाले भन्यो-हाम्रा सभापतिलाई हिरासतमा राखेर होइन, बाहिरै राखेर अनुसन्धान गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर

आठ स्थानमा छठ मनाउन व्यवस्थापन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं । यसवर्ष काठमाडौँ महानगर क्षेत्रभित्रका आठ स्थानमा छठ पर्व मनाउने तयारी गरिएको

यस्ता अभिव्यक्ति दिन न रतनले पाउँछन् नत आरसीले नै

नारायण पौडेल । जापानमा रहेका रतन कार्कीले साफ महिला फाइनलका दिन कसैको हत्या

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो सुनसहित चिनियाँ र म्यान्मारका नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी