थप २०२० जनामा कोरोना संक्रमण पुष्टि, ८७१ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन अहिलेसम्मकै धेरै २०२० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा थप ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ११,४५८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,७३६ जना रहेका छन् । आइसोलेसनमा १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप ८७१ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या ४३,८२० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच पुरुष र दुई महिला गरी थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगे मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना