‘पार्टी प्रवक्ताको हाल जिम्मेवारी यही हो र कुलमान बोक्ने ?’



सूर्य थापा ।

१. कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झमेलामा पर्न रुचि छैन।

तर एक अवधि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताकाे यस खुल्ला लबिङले कतै…कुम्लाे बाेकी ठिमीतिर जस्ताे पाे भयाे कि ?

“नेपाल आमाका सपूत” काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हाे कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीकाे हाल जिम्मेवारी यही हाे र ? सबै नेताहरूले आफ्नाे निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारकाे मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यकाे संस्थागत दायित्व पनि हाेइन, अनि याे तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !

२. प्रवक्ताकाे व्यक्तिगत सचिवालयअन्तर्गत “…अहिले आए आाँसु”जस्ताे गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता” परिचालनकाे घाेषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयाे । याे संगती र सराेकार नै नभएकाे कुरा भयाे । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगाे देश काेराेनासँग जुध्न सक्रिय छ ।

जसकाे पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन हाेइन र त्यस्ताे कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेकाे हाेला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्याे पनि आफ्नाे सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामकाे लागि संस्थागत निर्णय, अख्तियारी र अनुमाेदन पनि आवश्यक नै नपर्ने ? वितेका छ महिनासम्म केही गर्नुनपर्ने, साताैं महिना लाग्ने बेला याे के गर्न खाेजिएकाे हाेला ? आपतविपद भनेकाे अहिले धून बजाउँदै आएकाे त हाेइन हाेला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएकाे हाे ?

म प्रचार विभागकाे उपप्रमुखकाे जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयाे । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेकाे सम्बद्घ सबैमा निवेदन गर्दछु ।

नारायणकाजीको ट्वीट यस्तो थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी

रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको