थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३९४, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,४८० जना रहेका छन् ।

आइसोलेसनमा १५,०२५ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३,८८२ पुगेको छ । आइसियूमा १६२ जनाको र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई जना, कास्की, अर्घाखाँची, बाँके र नवलपरासीमा एक एक जनासहित थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा

नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ

सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका- ६ कसरौलको स्याली नदी तटीय क्षेत्रमा ६२ वर्षीय हरजित