ज्ञान र विज्ञान



डा. गोविन्दशरण उपाध्याय ।

आजभोली विज्ञान शब्दको निकै साँघुरो अर्थमा हुँदैछ | विज्ञान सम्मत, वैज्ञानिक, विज्ञान यी सबै शब्दको प्रयोग पर्यवेक्षण (Observation) परीक्षण (experimentation) र प्रामाणिकरण (verification) मा सीमित छन् | प्रश्न उठ्छ – के विज्ञानको अर्थ केवल “भौतिक ज्ञान” मात्र हो त ? होइन | संस्कृत को विज्ञान शब्दले विशिष्ट र परिस्कृत ज्ञानको प्रतिनिधित्व गर्छ |

मान्छे केवल भौतिक प्रतिमान र दैहिक सुखमा सन्तुष्ट हुँदैन | आधुनिक भौतिक विषेश गरेर यांत्रिकी क्षेत्रमा प्रयुक्त उपयोगी तथा विनाशक अन्वेषणहरूको लागि “विज्ञान” शब्दको प्रयोग हुनु “विज्ञान”शब्दको मौलिक अर्थ सामर्थलाई सङ्कुचित गरेर बुझ्नु र वुझाउने प्रयत्न हो |
मान्छेका (प्राणीका) लागि आजसम्म भौतिक तत्वको विकल्प छैन तर मान्छेले सधैं भौतिकताबाट माथि उठेर श्रेयस्कर तत्व प्राप्त गर्ने भगिरथ प्रयत्न गरिरहेनै रहेको छ | आहार, निद्रा, भय र मैथुनसंग मान्छेको भौतिक अस्तित्व जोडिएको छ तर धर्म, अर्थ, काम तथा मोक्षको (आत्यन्तिक स्वतन्त्रता) अर्थात् पूर्ण अस्तित्व प्राप्त गर्न चाहन्छ |

भौतिक जगतमा पहिले नै अस्तित्वमा रहेका वस्तुहरूको उपयोगिताका आधारमा वर्गीकरण गरेर “सबैका लागि” प्रयोगयोग्य भएपछि खोज भन्ने गरिन्छ, एस्तो खोज ज्ञान हुनसक्छ तर विज्ञान हुनै सक्दैन | संस्कृतको विज्ञान शब्दले भौतिकताको सीमाले अवरुद्ध नहुने विशिष्ट ज्ञानको संकेत गर्छ | असलमा विशिष्ट ज्ञानको मौलिकता अपरा विद्या अर्थात् सत्यं, शिवम् सुन्दरमबाट व्यक्त हुन्छ |

शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिकतहमा विभाजित मानवीय चेतनामा बौद्धिकताले ज्ञान र आध्यात्मिकतालाई विज्ञानबाट साक्षात्कार गरिन्छ | सत्वगुणले आध्यात्मिक निश्रेयस अर्थात् मोक्षको आदर्श प्रस्तुत गर्छ | बुद्धिजन्य ज्ञान अन्त:प्रज्ञाका क्षेत्रमा अप्रभावि हुन्छ र र विज्ञानका सीमामा प्रवेश गर्न सक्दैन | मोक्ष, महापरिनिर्वाण, नि:श्रेयस, मुक्ति, सत्य साक्षात्कार, सत्यं शिवं सुन्दरम् तथा सत्चिदानंदको अनुभूतिका लागि सहयोगी साधना नै विज्ञान हो |

शास्त्रहरूमा ज्ञान शब्दको प्रयोग समग्र (Holistic) का अर्थमा र विज्ञानको अर्थ साधारण (General) अर्थमा हुन्छ | ज्ञानकीय अवस्थामा मोक्ष, आनन्द, पूर्णता, पूर्णअस्तित्वजस्ता आध्यात्मिक तत्वहरूको सैद्धान्तिक ज्ञान प्राप्त हुन्छ भने विज्ञानका स्तरमा सम्पूर्ण सैद्धान्तिक ज्ञानहरू विशिष्ट अनुभूतिमा स्थापित हुन्छन् | ज्ञानीले ब्रहमको, भक्तले भगवान तत्वको र योगीले परमार्थ परमात्माको विशिष्ट अनुभूति गर्छ | एस्तो अवस्थामा भौतिक ज्ञानहरू बालकप्रतित हुन्छन् |

चेतनशील व्यक्तिको चेतनामा प्रकाशित र अनुभूत हुने विशिष्ट आध्यात्मिक विज्ञानलाई “काल्पनिक, अप्रमाणित तथा व्यक्तिगत” मानेर अवहेलना गर्नेहरू वस्तुत भौतिक जगतका प्राथमिक सिद्धान्तमा चुर्लुम्म डुवेका हुन्छन् | विज्ञानको अमृततत्वको स्वाद पाउनेहरू भाग्यमानी हुन्छन् | ऋषिकुलको उत्तराधिकारीका रूपमा मैले त्यो स्वाद प्राप्त गरेको छु भन्दा अविश्वास गर्ने कुनै कारण देख्दिन तर अविश्वासको वहुमत हुन्छ भन्ने मलाई ज्ञान छ |

खीरको स्वाद खीर खानेलाई थाहा हुन्छ | खीरको वर्णन सुनेर तेसको स्वाद प्राप्त हुँदैन | भौतिक विज्ञान असत्य छैन तर विज्ञान त्योभन्दा निकै उच्चतहको अमृत हो | म तृप्त र आनन्दित छु किनभने मैले स्वाद प्राप्त गरेर कृत्यकृत्य भएको छु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी। शरद यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश ।

‘पोस्ट मनसुन’ ले चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला

मकवानपुरको मनहरिमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

बागमती ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर