वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई सिफरिस गर्ने तयारीमा सरकार रहेको जानकारी गराउनुभएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ । खतिवडा संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार गत फागुन २० गते पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रतिवेदनअनुसार सरकार र पार्टीका अघि बढाउन कार्ययोजना बनाएर अध्यक्षद्वयले बैठकमा पेश गर्ने जिम्मेवारी दिएको र नेकपा महाधिवेशमा केन्द्रित हुने जानकारी उनले दिए ।

बैठकले बागलुङ जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ ।

यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था र यसको निराकरणका लागि सरकारले गरेको प्रयासका बारेमा पनि जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङसँग सिआईबीले लियो बयान

काठमाडौँ, । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग

रास्वपाले टुंग्यायो उम्मेदवार, कहाँ को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका

संसदीय समितिको निष्कर्षः काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक

  काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य

यूएईलाई ८ विकेटले हराउँदै नेपाल यु-१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । यूएईलाई हराउँदै नेपाल आईसीसी यु १९ महिला टी–२० विश्वकप क्रिकेटमा छनोट