प्रधानमन्त्रीज्यू, मास्कमा नेपालको झण्डा राखेर राष्ट्रवादी भइँदैन



सम्माननीय प्रधानमन्त्रीजी
तपाईँले लगाउने मास्कमा झन्डा राखेर तपाईँले आफू राष्ट्रवादी भन्ने सन्देश दिन खोजेको देखें । मास्क या टोपी या दौरा सुरुवालमा नेपालको झन्डा राखेर राष्ट्रवादी भइँदैन । यदि तपाईंले आफूलाई राष्ट्रवादी भन्ने हो भने हाललाई निम्न बमोजिम गर्नोस् :
(१) सरकारी प्रशासन, शिक्षण संस्थानहरु, न्यायालय तथा संवैधानिक अंगहरुमा नातावाद , कृपावाद, भागबण्डा र दलीयकरणलाई हटाउँदै क्षमता र उत्कृष्टतालाई लागू गर्ने मान्यता कठोरताका साथ लागू गर्नोस् ।
(२) दिन दहाडै हवाइजाहजदेखि औषधि किन्नेसम्ममा भ्रस्टाचार र लुट गर्ने तपाईंका सहयोगीहरुलाई कानुनको दयारामा ल्याउने नैतिक साहस र इमान्दारी देखाउनुस् ।
(३) देशमा तपाईंको पार्टी र अन्य पार्टीका उच्चा नेताहरुको सम्पत्ति जाँच गर्ने राष्ट्रिय आयोग घोषणा गर्नुस्
(४) आफूले पुरा गर्न नसक्ने या नजानेको कुरामा धेरै गफ नहाँक्नुस् । बेसार पानीले कोरोना भाग्छ भन्ने जस्ता कुरा गरेर देशको प्रधानमन्त्रीलाई हाँसोको पात्र नबनाउनुस् ।
(५)राष्ट्रियता मास्कमा छापेको झण्डामा होइन कोभिडको इमान्दारी र कुशल व्यबस्थापनमा देखिनु पर्यो , कोभिड पीडित जनतालाई राहतमा देखिनुपर्यो, भ्रस्टाचारमाथि कठोर कारबाहीमा देखिनु पर्यो , आर्थिक अनुशासनमा देखिनु पर्यो, सरकारी न्यायमा देखिनु पर्यो । कृपया नेपाली झण्डालाई सस्तो प्रयोग नगर्नुस् ।
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न