काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेका मेयर शाक्यको कोरोना परीक्षण गरिएको थियो ।
सोमबार आएको रिपोर्टमा शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सहयोगी मोहन बास्तोलाले जानकारी दिएका छन् । मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको छ । मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।