‘म कसरी कोभिडको शिकार भएँ अझैसम्म उत्तर त छैन, तर केही हेलचेक्राइँ नै प्रमुख कारण हो’



रञ्जनकुमार दाहाल ।

म कोभिड १९ पोजिटिभ भएर १८ दिन हस्पिटल बसेर घर फर्किएको छु र घरमा आराम गरिरहेको छु । १३ दिनको ICU को बसाइमा मलाइ बचाउन धेरै मिहिनेत गर्नु भएका APF Hospital का सबै स्वास्थ्यकर्मी साथीहरुलाई धेरै धेरै धन्यवाद । दु:खको कुरा मलाई कसैको अनुहार थाहा छैन तर उहाँहरुको प्रयास को जति नै प्रसंसा गरे पनि कम हुन्छ । म नेपाल सरकारलाई यो उत्तम सेवाको लागि मुरि मुरि धन्यवाद दिन्छु । मलाई नेपाल सरकारले सबै उपचार खर्च गरि बचाएको छ । मैंले तिरेको करको नेपाल सरकारले सहि रुपमा पे व्याक गरेको छ । यसका लागि म नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै मेरो परिवार, आफन्त हरु र मेरा सहकर्मी साथीहरूले मलाइ बचाउन गर्नुभएको मिहिनेत को लागि म सदैव ऋणी भएको छु । शंका लाग्ने बित्तिकै सहि समयमा नै सेल्फ क्वारेन्टीनमा बसेको हुनाले मेरो परिवारका कसैलाइ पनि केहि भएन ।

मैंले दोस्रो जिवन पाएको छु । म कसरि कोभिडको शिकार भए अझै सम्म उत्तर त छैन, तर केहि हेलचेक्राइँ नै प्रमुख कारण हो भन्ने कुरा मा दुइमत छैन । कोभिडको बारेमा साधारण रुघा खोकि र बेसार पानी आदि को जुन भ्रम हामी लाई छ, यसले नै कोभिड १९ हाम्रो समाजमा फैलिदै छ भन्ने चाहिँ मलाई प्रष्ट भएको छ । यसलाई कसैले पनि साधारण रुघाखोकी नमान्नु होला । मैंले मृत्यु नजिकबाट हेरेर फर्किएको छु ।
गत २५ वर्ष देखि विपद जोखिम व्यवस्थापनमा काम गर्दै आएको मलाई यो कोभिड १९ संक्रमणले हाम्रो विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको धेरै पाटोमा पाठ सिकाएको छ । मेरा सबै अनुभव केहि समय पछि मिडिया मार्फत जानकारी गराउने नै छु । मेरा अनुभव सरकार र नेपाली जनता दुवैको लागि सुधारका कार्यक्रम लागु गर्न पक्कै पनि केहि सहयोगी हुनेछ ।

यसैगरि मलाइ कोभिड संक्रमण भएको कुरालाइ लिएर एउटा पेशागत समुहको एक झुण्ड ले सामाजिक सञ्जालहरुमा गोसिप गर्दै “मर्दैछ” भन्ने सम्मको जुन अफवाह फैलाउने काम गरे त्यसले मलाइ अति दु:ख लागेको छ । म ICU मा छट्पटिदै गर्दा एकजना महाशयले त मलाई मेरो फेसबुक मेसेन्जरमा “कोभिड हुदै मा ICU मा त होइन होला” भन्न सम्म आँट गरे । त्यस्ता मानवताका कलंकहरुलाइ भगवानले सद्बुद्धी दिउन भन्ने पनि कामना गर्दछु ।

केहि दिन पछि म आफ्नो कर्मक्षेत्रमा ओर्लिने छु भन्दै सबै शुभचिन्तक हरुमा हार्दिक नमन ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ

गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको