मन्त्रिपरिषद पुनर्गठन आवश्यकताले गर्ने हो, विचार गर्दैछुः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने र महाधिवेशनपनि सहमतिका साथ सम्पन्न हुने बताएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने“एकता महाधिवेशन गर्ने हो । सहमतिका साथ जानुको विकल्प छैन् । यद्धपी महाधिवेशन लोकतान्त्रिक थलो हो । सहमति उत्तम विकल्प हो । सहमति चाहीँ लोकतन्त्रको उच्चतम विन्दु हो । सबैको बीचमा सहमति हुन्छ । कसले के पाउँछ महाधिवेशनपछि भन्ने कुरा महाधिवेशनलाई नै जिम्मा दिउँ ।”

उनले महाधिवेशनले एकताको पक्षमा नै निर्णय गर्ने विश्वास दिलाए । उनले भने,“महाधिवेशनले एकताको पक्षमा योगदान पुर्याउँछ । सही नीति निर्माणमा योगदान पुर्याउँछ । यसले उपयुक्त पात्र खोज्छ । नेतृत्वको लागि प्रतिष्पर्धाको आवश्यक नपर्न सक्छ । सहमति भयो भने प्रतिष्पर्धा किन चाहियो ?”

फरक प्रसँगमा उनले वरिष्ठ नेता माधव कुमार नेपालसँग मनमुटावको सवालमा आफ्नो तर्फबाट केही पनि नभएको स्पष्ट पारे । उनले भने,“मेरो तर्फबाट केही पनि छैन् । बाँकी कुरा उहाँलाई नै सोध्नु न । अब मेरो वीचारमा पूर्व माओवादी, पूर्व एमाले भनेर जानुपर्दैन् । त्यो धारण सवा दुई वर्ष अघिको कुरा हो । हामी अलग अलग थियौं भन्ने सम्झिएर हुँदैन् । यो पक्षचाहीँ एकजुट हुनुपर्ने थियो ।”

उनले पार्टीभित्रको विवाद हल गर्नको लागि उपाध्यक्ष वामदेव गौतले अघि सारेको ६ बुँदे प्रस्ताव एकताको पक्षमा महत्वपूर्ण भूमिका खेलेको भएपनि गौतमको प्रस्ताव नै सञ्जिबिनी बुटी भन्न नहुने तर्क गरे । उनले भने,वामदेवजीको प्रस्तावले एकताको लागि महत्वपूर्ण भूमिका खेल्यो । तर, सञ्जिबीनी बुटी नै होईन । उहाँको प्रस्तावले महत्वपूर्ण योगदान भयो । उनले मन्त्रिपरिषदको पूनर्गठन आवश्यकताले गर्ने भएको हुँदा त्यसबारेमा आफूले विचार गरिरहेको पनि जानकारी दिए । उनले भने,“म विचार गर्दैछु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।